काठमाडौं महानगरपालिका र सिस्डोल–बन्चरे डाँडाबासीबीच काठमाडौंको फोहोर उठाउने सहमति
काठमाडौं, २७ जेठ – काठमाडौं महानगरपालिका र सिस्डोल–बन्चरे डाँडाबासीबीच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ। गएराति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयबासी काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिन सहमत भएका हुन्।
बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि सिस्डोल–बन्चरेडाँडा क्षेत्रका वडाध्यक्षहरुको उपस्थित थियो। बिगत केही दिनदेखि स्थानीयबासीले काठमाडौंको फोहोर बन्चरेडाँडा ल्याडफिल साइडमा लैजान रोक्दै आएका थिए। फोहोर व्यवस्थापन सम्बन्धी केही दिन अघि भएको सम्झौता पनि स्थानीयले मानेका थिएनन्।

Facebook Comments Box

