प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, २३ जेठ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची आइतबार नै सार्वजनिक गरेको छ । आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने र कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विद्येयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । यस्तै मन्त्रालयगत विनियोजन विद्येयकमाथि पनि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

Facebook Comments Box