नेपालमा हिजो  देखि मनसुन प्रवेश, यस वर्ष औसत भन्दा बढि पानी पर्ने सम्भावना

काठमाडौँ, २३ जेठ – नेपालको पूर्वी भू-भागमा आज मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावले यतिबेला मौसम बदलीको अवस्था छ।

नेपालमा हिजो  देखि मनसुन प्रवेश गरिसकेको छ। नेपालमा यस वर्ष औसत समय भन्दा एक साताअघि नै मनसुन भित्रिएको हो। यतिबेला प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीको अवस्था छ भने बाँकी भू-भागमा आंशिक बदली छ।

अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा वर्षासमेत भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। नेपालमा मनसुन भित्रिएसँगै वर्षा सुरु भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध समेत गरेको छ।

Facebook Comments Box