काठमाडौँमा उपत्याकामा १६ जना सहित देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा १६ जना सहित देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ४ हजार ५२८ आरटी पीसीआर तथा १ हजार ७७ एन्टीजेन परिक्षण सहित ५ हजार ६०५ जनाको परिक्षण गर्दा थप २६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४०९ हेको छ भने सक्रिय संक्रमितको संख्या १११ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार १०८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्भया शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ रहेको छ ।

Facebook Comments Box