प्रदेश १, मधेस र वाग्मतीलगायत देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, १४ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

देशभर अहिले आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकीका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेस, वाग्मती र गण्डकीलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार प्रदेश १, मधेस र वाग्मतीलगायत देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै राति भने प्रदेश १, मधेस, वाग्मती र गण्डकीलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीलगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments Box