काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी

काठमाडौँ, १२ जेठ – काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नं १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्।

वडा नं १३ मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडा हो। यस वडाको मेयरमा सायमीले सुरुदेखि नै अग्रता लिएका थिए। उनलाई निर्वाचन आयोगले आँखीझ्याल चुनाव चिह्न दिएको छ।

वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मतसहित विजयी भएका हुन्। यस वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १७८८ मत पाएका छन् भने सायमीले १७३४ मत प्राप्त गरेका छन्।

Facebook Comments Box