काठमाडौंकाे प्रमुखका बालेन शाह ५२ हजार ५७४ मत र उपप्रमुखमा सुनिता डंगोलले ५२ हजार ८ सय ९ मत सहित अगाडी : अब ३० हजार २३ मत गन्न बाँकी

काठमाडाैं, ११ जेठ – काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार काठमाडौंमा ३० हजार २३ मत गन्न बाँकी हुँदा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५२ हजार ५७४ मत पाएका छन्।

शाहलाई पछ्याइरहेकी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ हजार ६९ मत प्राप्त गरेकी छिन्। एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा छन्।

पछिल्लो मतपरिणाम अनुसार स्थापितले ३२ हजार ६१२ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन्।

उनलाई पछ्याएका गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा राप्रपाका उम्मेदवार बिनिता मगैया ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छिन्। काठमाडौंमा कुल ३ लाख २ सय ४२ मतदातामध्ये १ लाख ९० हजार १ सय ७० ले मतदान गरेका थिए।

Facebook Comments Box