गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले उडान गर्ने

काठमाडौं, ३० वैशाख – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ ।

२ जेठदेखि नै कुवेतबाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्दैछ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन उडान गर्न लागेको जनाएको हो ।

काठमाडौंबाट बिहान ६ बजे उड्ने यो जहाज भैरहवाबाट भने ८ बजे काठमाडौंका लागि उड्ने भएको छ । यो दिन ए३२० न्यारोबडी जहाजले उडान गर्ने भएको छ । यसअघि नेवानिले वाइडबडी जहाज ३३० बाट परीक्षण उडान गरिएको थियो । यो दिन यात्रुले टिकट काटेर उडान गर्न पाउने छन् ।

Facebook Comments Box