दाङको मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार
काठमाडौं, ३० वैशाख – दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भको छ । तुलसीपुर -५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई वटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डीएसपी श्याम अर्याल बताए ।
दुई वटा बोतल भित्र मट्टीतेल हालेर प्रहार गरिएको र यसले कुनै मानवीय र भौतिक क्षति नभएको डिएसपी अर्यालले बताए । अपरिचित समूहले घरको कम्पाउण्ड भित्र दुई वटा बम फ्यालेर भागेको डिएसपी आर्यलले बताए ।
Facebook Comments Box

