निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो ८ घण्टे स्पष्टीकरण

काठमाडौं, २९ वैशाख – मौन अवधिमा प्रचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ।

बिहीबार चितवनको माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई भेटी मत मागेका विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

त्यस्तै गरि मौन अवधिमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमा प्रचार प्रसार गर्न दिएको भन्दै निर्वाचन आयोगले सुरक्षा अधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ।

आयोगले बागमती प्रदेशका प्रहरी प्रमुख, चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) लाई स्पष्टीकरण सोधेको हो।

Facebook Comments Box