मनोनयन भएका उम्मेदवारको नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दै

काठमाडौं, १५ वैशाख – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दैछ। उम्मेदवारको मनोनयनविरुद्ध परेका उजुरीको जाँचबुझ सकेर आजै साँझसम्ममा नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ मनोनयन दर्ता भएको थियो। करिब ३६ हजार पदका लागि देशभरबाट १ लाख ५२ हजार ४ सय ५५ जनाले उम्मेदवारी दिएका छन्। विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।

वैशाख १६ गते साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन्। उम्मेदवारको अन्तिम नामावली पनि शुक्रबारै प्रकाशित गर्ने र १७ गते उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

Facebook Comments Box