आज देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

काठमाडौं, १४ वैशाख – हाल पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले दिउँसो गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भेगमा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश र मधेस प्रदेशमा आंशिक बदली तथा देशका बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा प्रदेश १ का पहाडी भेगका केही स्थान र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षा हुने सम्भावना छ।

प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box