एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयरको उम्मेदवार नाम टुंगो लगायाे

काठमाडौं, १२ वैशाख – नेकपा (एमाले) ले जनकपुरधाम उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा शिवंकर साह (हिरा)को नाम टुंगो लगाएको छ। एमालेको सचिवालय बैठकले जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमालेले शनिबार ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन गरेपनि जनकपुरधाम उपमहानगरको उम्मेदवार भने चयन गर्न सकेको थिएन । धेरै रसाकस्सी पश्चात् आइतबार मध्यराती उम्मेदवारको टुंगो लगाएको हो।

पार्टीको स्थानीय कमिटीले जनकपुरधाममा सुरुमा शिवशंकर साहको मात्र एकल नाम सिफारिस गरेको थियो। तर, केही दिनअघि मात्र लोसपा परित्याग गरी जानकीराम साह एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न एमालेलाई सकस भएको थियो। तर, अन्तोगत्वा हिराले नै उम्मेदवारमा बाजि मारेका छन्।

Facebook Comments Box