मनोनयनको पहिलो दिन काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी

काठमाडौं, ११ वैशाख – उम्मेदवारी मनोनयनको पहिलो दिन ५ बज्न केही समय बाँकी रहँदा काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार पहिलो दिन साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । त्यस्तै उपमेयर पदमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष १२ र वडासदस्य ५ जनाको उम्मेदवारी परेको छ ।

Facebook Comments Box