दिल्ली क्यापिटल्स राजस्थान रोयल्स सँग १५ रनले पराजित

काठमाडौं, १० वैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ। शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रन बनाएको थियो।

राजस्थानका लागि जोस बटलरले ११६ रन बनाए । उनको लागि जारी सिजनमा तेस्रो शतक हो । त्यस्तै देवदत्त पाडिकलले ५४ रन बनाए। भने सञ्जु सामसनले अविजित ४६ रनको पाली खेले । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०७ रन मात्र बनायो ।

दिल्लीका लागि रिषभ पन्तले सर्वाधिक ४४ रन बनाए । त्यस्तै पृथ्वी शाह र ललित यादवले समान ३७ रन बनाए भने रोभमन पावेलले ३६ रनको पाली खेले पनि हारबाट भने बचाउन भने सकेनन्।

Facebook Comments Box