पूर्ण मात्रा खोप लगाएकाे तीन महिना पूरा भएकालाई बुस्टर खोप लगाउ आग्रह

काठमाडौं, १० वैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर खोप लगाउने भएको छ।

यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकाहरुलाई मात्र बुस्टर खोप लगाउने गरिएको थियो। पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई पनि बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।

पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको उनले बताए।  मन्त्रालयले १८ वर्षदेखि माथि उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ।

Facebook Comments Box