नेपाली राष्ट्रिय फुटबल टिमकाे आजबाट प्रशिक्षण सुरु
काठमाडौं, २ वैशाख – एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले दशरथ रंगशालामा आजबाट प्रशिक्षण सुरु गर्ने जनाएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

