स्थानीय तह निर्वाचन सफल बनाउनुपर्छ : अध्यक्ष ओलि

स्थानीय तह निर्वाचन अघि स्थानीय तह जनप्रतिनिधिविहिन बनाउनु उपयुक्त नरहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “वैशाख ३० गते हुने निर्वाचन नबिथोलियोस् भन्नेमा हामीहरु धेरै सहेर बसेका छौं, निर्वाचन भएमात्र जनताले सही जनप्रतिनिधि छान्ने अधिकारको प्रयोग गर्न पाउँछन् ।”

बाढीपीडित, असहाय, ज्येष्ठ नागरिक तथा एकल महिलाको पक्षमा काम गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । एमाले नेतृत्वको सरकारले यसअघि लोकप्रिय काम गरेकाले त्यसकै बलमा निर्वाचनमा विजय हुने उहाँले दावी गर्नुभयो ।

एमालेको सरकार आएपछि चैनपुर ताक्लाकोट सड्कलाई सुरुङ मार्ग बनाउन प्राथमिकतामा राख्ने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो । चैनपुर ताक्लाकोट सडक निर्माणको कामलाई दुत बनाउन पनि एमाले विजयी बन्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय भानुभक्त ढकाल र कर्ण थापा लगायतले सम्वोधन गर्नुभएको थियो ।

Facebook Comments Box