आज नेपाल र मलेसियाबीच खेल हुने

काठमाडौं, १६ चैत – नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ । गत वैशाखमा नेपालमै भएको नेपाल र नेदरल्याण्ड्ससहितको त्रिकोणात्मक शृङखला खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि मलेसियाले पीएनजीलाई हराएर सनसनी मच्चाएको छ ।

त्यसैबेला नेपालले दुवै खेलमा मलेसियालाई पराजित गरेको थियो । नेपाल र मलेसिया ११ महिनापछि खेल्न लागेका हुन् । मलेसिया नेपालको लागि नौलो प्रतिद्वन्द्वी भने होइन ।

अहिलेसम्म टी-२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेको छ । जसमा ६ खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले पाँच खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ । वैशाखमा नेपालले मलेसियालाई टी-यू मैदानमै ९ विकेट र ६९ रनले पराजित गरेको थियो ।

Facebook Comments Box