काठमाडौँ उपत्यकामा १ हजार ९१२ जना सहित देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १३ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९१२ जना सहित देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ५६७, भक्तपुरमा १२२ र ललितपुरमा २२३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १२ हजार ४०० आरटी पीसीआर तथा ८९३ एन्टीजेन परिक्षण सहित १३ हजार २९३ जनाको परिक्षण गर्दा ३ हजार ५५६ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ रहेको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ६५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार १७६ रहेको छ ।