काठमाडौँमा १० जना र भक्तपुर २ जना सहित देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ६ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँमा १० जना र भक्तपुर २ जना सहित देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ७९८ आरटी पीसीआर तथा १ हजार २६३ एन्टीजेन परिक्षण सहित ४ हजार ६१ जनाको परिक्षण गर्दा थप ३७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १९८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार २४१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ८२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६२ हजार ९६४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५० रहेको छ ।

