एमसीसी पास नगरेकाे भए सरकार पनि जाने, सभामुख पनि जाने : प्रचण्ड

काठमाडौं, ५ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको स्पष्टीकरण दिएका छन् ।

शनिबार सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं धेरे क्रान्तिकारी हुँदा प्राप्त उपलब्धी पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।

‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने’ प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो वुद्धिमानी हो ।’

२०६५ सालमा तत्कालिन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्दा गल्ती भएको भन्दै प्रचण्डले त्यो घटनाले पार्टी र देशले दुख पाएको बताए ।

‘रुक्मांगतलाई कारबाही गर्न खोज्दा दायाँपट्टी बस्ने बाबुरामले पनि गरिहाल्ने भन्ने बाँयापट्टी बस्ने बादलले पनि गरिहाल्ने भन्दा कति दुख पाइयो तपाई हामी सबैले, देशले दुख पायो, पार्टीले पनि दुख पायो ।’

Facebook Comments Box