काठमाडौँ उपत्यकामा १६ जना सहित देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २ चैत्र – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६ जना सहित देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५ र ललितपुरमा १ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ७९० आरटी पीसीआर तथा १ हजार ३८५ एन्टीजेन परिक्षण सहित ६ हजार १७५ जनाको परिक्षण गर्दा थप ८२ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ५३३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय १३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६१ हजार ५६१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५० रहेको छ ।

