स्थानीय तहको निर्वाचनका लागि एक लाख जना म्यादी प्रहरीको भर्ना खुल्याे

काठमाडौं, १ चैत्र – सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ। निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गर्ने सरकारको तयारी छ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ भर्ना खोलिएको सूचना जारी गर्दैछ। १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्ना हुन सक्ने छन्।

भर्ना हुनका लागि अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनु पर्नेछ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ।

म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन्। छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।

Facebook Comments Box