भोलिदेखि लाइसेन्सको नयाँ आवेदन बन्द हुने
काठमाडौँ, ३० फागुन – यातायात व्यवस्था विभागले भोलिदेखि सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गर्ने भएको छ ।अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेहरूलाई सहजै उपलब्ध गराउन सकेको छैन । कोरोना महामारीयता विभागमा उच्च आवेदन पर्दै आएको छ ।
Facebook Comments Box

