आज देशभर मौसम सामान्यतया सफा रहि पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं, २८ फागुन – तथा मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । अहिले गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने छ। राती देशभर मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, सोमबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। राती देशभर मौसम सामान्यतया सफा रहने छ।
देशका प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भु-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुको साथै मध्य तथा पूर्वी भू-भागका उच्च हिमाली भू-भागमा एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

