काठमाडौँ उपत्यकामा ३२ जना सहित देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३२ जना सहित देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९, भत्तपुर ४ र ललितपुरमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ८०१ आरटी पीसीआर तथा २ हजार ५२७ एन्टीजेन परिक्षण सहित ९ हजार ३२८ जनाको परिक्षण गर्दा थप ११२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ६६४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ३४० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४ सय २९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९४९ रहेको छ ।

Facebook Comments Box