आज देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने

काठमाडौँ, २५ फागुन – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Facebook Comments Box