नेकपा माओवादी केन्द्रको प्रस्तावित केन्द्रीय सदस्यको नाममा गम्भीर विवाद
काठमाडौँ, २३ फागुन – सत्ता साझेदार नेकपा माओवादी केन्द्रको प्रस्तावित केन्द्रीय सदस्यको नाममा गम्भीर विवाद भएको छ। सोमबार अनुपम फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले प्रस्तावमा गरेको ९७ जनाको नाममा गम्भीर विवाद भएपछि २९९ सदस्यीय मात्रै बनाउने सहमति भएको छ।
प्रचण्डले आफ्ना छोरी ज्वाइँसहित ९७ जनाको नाम केन्द्रीय सदस्यका लागि बैठकमा प्रस्ताव गरेका थिए। ‘संगठनात्मक प्रस्तावबारे पार्टीभित्र गम्भीर ढंगले कुरा उठ्यो, विवाद भयो’, एक केन्द्रीय सदस्यले भने, ‘प्रस्तावित नाममा गम्भीर विवाद भएपछि ५२ जनाको मात्रै नाममा सहमति जुटेको छ।’
बैठकमा शशी श्रेष्ठ, नरबहादुर विष्ट, ओम शर्मा, सुदन किराती र रामदीप आचार्यसहित २० जना नेताहरु प्रस्तावित नाममा असहमति राख्दै बोलेका थिए।
Facebook Comments Box

