काठमाडौँ उपत्यकामा ९९३ सहित देशभर थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९९३ सहित देशभर थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ८३९ आरटी पीसीआर तथा ४ हजार ९९९ एन्टीजेन परिक्षण सहित १६ हजार ८३८ जनाको परिक्षण गर्दा ३ हजार ४०३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख १७ हजार ५३० रहेको छ भने सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार १०४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ३९६ रहेको छ ।

Facebook Comments Box