अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित

बारा, २२ फागुन – मतदानमा अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेतृत्व चयनका लागि शनिबार भएको मतदान पनि रद्द गरिएको छ ।

नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो । मतदानको मिति तय गर्न निर्वाचन कार्यालयमा बैठक बोलाइएको छ ।

Facebook Comments Box