राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड १० दिनका लागि बन्द हुने

राप्ती, २१ फागुन – राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड १० दिनका लागि बन्द हुने भएको छ। तुलसीपुरको चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि १० दिन बन्द गर्न लागिएको हो।

भोलिदेखि बन्द हुने सडकमा अब चैत १ गतेदेखि मात्रै गाडी सञ्चालन हुने सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए।

सडक बन्द गरेर ठेकेदारले कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम गर्ने तयारी गरेका छन्। बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्ट, बिहान११ बजेदेखि दिउँसो ३ बजेसम्म दोस्रो र साँझ साढे ५ बजेदेखि ८ बजेसम्म तेस्रो सिफ्टमा कामदार खटाएर सडक मर्मत गर्न लागिएको हो।

Facebook Comments Box