सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै
काठमाडौं, १८ फागुन – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगको पहिलो दिन ३ खेलहरु हुने जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै तेस्रो खेलमा विरगंज युनाईटेड र बोइज युनियनबीच खेल हुनेछ । लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् ।
Facebook Comments Box

