कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी, २६ भदौ — अविरल वर्षाका कारण बुधबार राति खसेको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ। गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा सडक पूर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीचौकी पुर्तीघाटबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहानैदेखि सडक सुचारु गर्न प्रयास गरे पनि निरन्तर वर्षाका कारण काममा समस्या भएको सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

सडक अबरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारी सञ्चालन प्रभावित भएको छ। वर्षा रोकिएलगत्तै कालिका कन्स्ट्रक्सनले पहिरो पन्छाउने उपकरण परिचालन गर्ने तयारी गरेको छ। यस खण्डमा पहिरोका कारण सडक बारम्बार अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन्।

Facebook Comments Box