काठमाडौँ उपत्यकामा ३२ जना सहित देशभर थप १५८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १७ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३२ जना सहित देशभर थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७, भक्तपर र ललितपुरमा ५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ४५८ आरटी पीसीआर तथा २ हजार ४६ एन्टीजेन परिक्षण सहित ६ हजार ५०४ जनाको परिक्षण गर्दा थप १५८ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ५२९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ५४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९३८ रहेको छ ।

