काठमाडौँ उपत्यकामा ५ हजार ३०६ जना सहित देशभर थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ८ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ हजार ३०६ जना सहित देशभर थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १ हजार ११० जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १४ हजार ४६२ आरटी पीसीआर तथा ५ हजार ७२५ एन्टीजेन परिक्षण सहित २० हजार १८७ जनाको परिक्षण गर्दा थप १० हजार २५४ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख १६ हजार ८४५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ७०८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६५१ रहेको छ ।

Facebook Comments Box