काठमाडौँ उपत्यकामा ४९ जना सहित देशभर थप १८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १६ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४९ जना सहित देशभर थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४०, भक्तपुरमा ४ र ललितपुरमा ५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार २१८ आरटी पीसीआर तथा ३ हजार १२३ एन्टीजेन परिक्षण सहित ८ हजार ३४१ जनाको परिक्षण गर्दा थप १८० जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २३५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४ सय जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५६ हजार ८ सय १३ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९३६ रहेको छ ।

