काठमाडौँ उपत्यकामा ३६ जना सहित देशभर थप १११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १५ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६ जना सहित देशभर थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३०, भक्तपुरमा ३ र ललितपुरमा ३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा २ हजार २३९ आरटी पीसीआर तथा ६ हजार ४८६ एन्टीजेन परिक्षण सहित ३ हजार २२४ जनाको परिक्षण गर्दा थप १११ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४ सय १५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५६ हजार ४ सय १३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९३५ रहेको छ ।

