काठमाडौँ उपत्यकामा २७ जना सहित देशभर थप १५५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १४ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २७ जना सहित देशभर थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०, भक्तपुरमा १ र ललितपुरमा ६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा २ हजार २३९ आरटी पीसीआर तथा २ हजार ९१३ एन्टीजेन परिक्षण सहित ५ हजार १५२ जनाको परिक्षण गर्दा थप १५५ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८० रहेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ सय ४० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५५ हजार ९ सय ९८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९३४ रहेको छ ।

