काठमाडौँ उपत्यकामा ५८ जना सहित देशभर थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १२ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५८ जना सहित देशभर थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५! र ललितपुरमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ५०८ आरटी पीसीआर तथा २ हजार २३५ एन्टीजेन परिक्षण सहित ७ हजार ७४३ जनाको परिक्षण गर्दा थप ३१८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ६५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ सय ६२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५४ हजार ९ सय ३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९३१ रहेको छ ।

Facebook Comments Box