आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १२ फागुन – हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा वाग्ग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती देशभर आंशिकदेखि सामान्य बदली रही सूदूरपश्चिम, लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments Box