काठमाडौँ उपत्यकामा ९३ जना सहित देशभर थप २६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ८ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३ जना सहित देशभर थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८०, भक्तपुरमा १ र ललितपुरमा १२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ५७२ आरटी पीसीआर तथा ३ हजार २९३ एन्टीजेन परिक्षण सहित ९ हजार ८१५ जनाको परिक्षण गर्दा थप २६२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार १५६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ३३८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९२१ रहेको छ ।

Facebook Comments Box