काठमाडौँ उपत्यकामा ६२ जना सहित देशभर थप ३५० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ७ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जना सहित देशभर थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१, भक्तपुरमा ४ र ललितपुरमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ३ हजार ५३८ आरटी पीसीआर तथा ३ हजार ५५८ एन्टीजेन परिक्षण सहित ७ हजार ९६ जनाको परिक्षण गर्दा थप ३५० जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ८९४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९१७ रहेको छ ।

