काठमाडौँ उपत्यकामा १४५ जना सहित देशभर थप ५७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ५ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४५ जना सहित देशभर थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११६, भक्तपुरमा ९ र ललितपुरमा १८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २८ आरटी पीसीआर तथा २ हजार ७६१ एन्टीजेन परिक्षण सहित ९ हजार ७८९ जनाको परिक्षण गर्दा थप ५७० जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार १०७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ४६ हजार ३३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९११ रहेको छ ।

