काठमाडौँ उपत्यकामा ४५१ जना सहित देशभर थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २५ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४५१ जना सहित देशभर थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३३८, भक्तपुरमा ४३ र ललितपुरमा ७० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ५८७ आरटी पीसीआर तथा ४ हजार ५०७ एन्टीजेन परिक्षण सहित १२ हजार ६९२ जनाको परिक्षण गर्दा थप १ हजार ९५७ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४ हजार २१६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार १०३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ८३८ रहेको छ ।

Facebook Comments Box