सरकारले निर्वाचनको मिति घोषणा गर्नु सकरात्मक: एमाले उपाध्यक्ष विष्णु पौडेल

काठमाडौँ, २४ माघ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको मिति घोषणा गर्नुलाई एमालेले सकरात्मक रुपमा लिएको बताएका छन् ।

उपाध्यक्ष पौडेलले चुनावको मिति घोषणा गर्ने परिस्थिति निर्माण गर्न अलिकति मेहनत भने गर्नुपरेको बताए । उपाध्यक्ष पौडेलले तोकिएको मितिमा स्वतन्त्र र भयरहित वातावरणमा चुनाव गराउन सरकारलाई आग्रह पनि गरे ।

‘चुनाव संवैधानिक कानुनी दृष्टिकोणले पनि, लोकतन्त्रको मर्मको दृष्टिकोणले पनि चुनाव अपरिहार्य थियो । चुनावको घोषणा गर्ने परिस्थिति निर्माण गर्नका लागि अलिकति मेहनत गर्नुपर्‍यो,’ पौडेलले भने, ‘तथापि चुनावको घोषणा हुनु सकरात्मक कुरा हो ।

अब तोकिएको समयमा स्वतन्त्र निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गरेर जनताका वास्तविक प्रतिनिधिलाई स्थानीय सरकारको नेतृत्व सुम्पिने काम सम्पन्न गर्नुपर्छ । यसका लागि राज्यका सम्पूर्ण निकायहरु लाग्नुपर्छ ।

Facebook Comments Box