काठमाडौँ उपत्यकामा ७२७ जना सहित देशभर थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७२७ जना सहित देशभर थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १०२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ६५५ आरटी पीसीआर तथा ४ हजार ४१८ एन्टीजेन परिक्षण सहित ११ हजार ७३ जनाको परिक्षण गर्दा थप २ हजार ५२६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ९७ हजार ५८९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार ४२५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ७९४ रहेको छ ।

Facebook Comments Box