एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने

काठमाडौं, १९ माघ – प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने भएको छ । बुधबार बसेको एमाले सचिवालयको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्नेमा जोड दिएको छ ।

बैठकले चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्न काठमाडौंमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । साथै सातै प्रदेशमा पनि भेला गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले भने, भोलि नै मिति घोषणा भयो भने एउटा कुरा होला, होइन भने चुनाव गराउन पार्टीकै नै दबावमुलुक कार्यक्रम गर्छौं ।’ अहिले एमालेको जनवर्गीय संगठनहरुले दबावमुलक कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments Box