काठमाडौँ उपत्यकामा २ हजार ९४० जना सहित देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १४ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ९४० जना सहित देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार १५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १३ हजार ७९१ आरटी पीसीआर तथा ६ हजार ७८ एन्टीजेन परिक्षण सहित १९ हजार ८६७ जनाको परिक्षण गर्दा थप ६ हजार ८२७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ६८ हजार ९३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार ४३२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६९७ रहेको छ ।

