काठमाडौँ उपत्यकामा ५ हजार २९९ जना सहित देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ७ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ हजार २९९ जना सहित देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार २७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५५३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १८ हजार ६१८ आरटी पीसीआर तथा ४ हजार ४७४ एन्टीजेन परिक्षण सहित २३ हजार ९२ जनाको परिक्षण गर्दा थप १० हजार ७०३ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ७६६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १९ हजार ५७५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६३५ रहेको छ ।

